
४ असार, काठमाडौं । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (र) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । प्रधानमन्त्री नरेंन्द्र मोदी मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई गुप्तचर संस्था ‘र’ को प्रमुखमा नियुक्त गरेको हो ।
सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब उनी ३० जुनमा र प्रमुख सामन्त गोयल लाई प्रतिस्थापन गर्ने छन् ।
कमेन्ट गर्नुहोस्







