समाजवादी मोर्चा घोषणा कार्यक्रम सर्‍यो

Share:

काठमाडौं । सत्तासीन र सत्ताबाहिर रहेका दलहरबीच हुने समाजवादी मोर्चा घोषणाका लागि तय भएको कार्यक्रम सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडी क्षेत्रको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ।

सोमबार दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा कार्यक्रम एक घण्टा पछि अपराह्न ४ बजेलाई सरेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

सोमबार सत्तासीन दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र सत्ता बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गर्दैछन् ।

कमेन्ट गर्नुहोस्