एमालेमा हट्यो ७० वर्षे उमेर हद

Share:

काठमाडौं। नेकपा एमालेले ७० वर्षे उमेर हद हटाउने भएको छ । गत शुक्रबार सम्पन्न सचिवालय बैठकमा ७० बर्षे उमेर हद हटाउने बिषयमा निर्णय भएको हो । एमालेको वर्तमान बिधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाऊ गरिएको बताइएको छ ।

श्रोत का अनुसार नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको सो प्रावधानले उत्पन्न बाधा फुकाउन उमेर हदको सिमा मा पुनरावलोकन गरिएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्