अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि

Share:

काठमाडौँ, २१ जेठ । संयुक्यत राज्य अमेरिकाले  जुन महिनाको १७ तारिख देखि लागू हुनेगरी भिसाहरूको आवेदन शुल्कमा वृद्धि गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क वृद्धि भएको हो ।

दुताबासका अनुसार भिसाको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने भएको छ भने पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर र ई-भिसा आवेदन शुल्क २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।

 

कमेन्ट गर्नुहोस्