नक्कली शरणार्थी प्रकरणः आजबाट थुनछेक बहस

Share:

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तहरुको काठमाडौँ जिल्ला अदालतमा बयान सकिएपछि आजबाट थुनछेक बहस प्रारम्भ हुदैछ ।

काठमाडौँ  जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललगायत १८ जनाको बयान भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध २७ करोड ५० लाख ५७ हजार बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्