जनमोर्चाले ग-र्यो रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न माग

Share:

काठमाडौं, १२ जेठ । जनमोर्चा नेपालले वर्तमान सरकारले नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीको कैद माफी गर्न बढाएको प्रक्रियाको विरोध गर्दै फिर्ता लिन माग गरेको छ । अदालतले पटक पटक दोषी करार गरि जेल सजाय गरेकाहरु उपर कानुनी राज्यको उपहास हुने गरी सजाय माफ गर्दा दण्डहिनता, अपराधको राजनीतिकरण र राजनैतिक अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ ।
“टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाईकेलाई गणतन्त्र दिवसको उपलक्षमा आममाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रकृया आप्mनो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो” त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागी अगाडी बढाएको प्रक्रिया रोक्न सरकारसंग माग गर्दछौं ।” जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बाट जारी विज्ञप्तीमा उल्लेख छ ।

चौधरीको नेतृत्वको थरुहटले टिकापुरमा गरेको आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते एक नाबालक सहित सुरक्षाकर्मीको मृत्यु भएको थियो । सोही प्रकरणमा अदालतले चौधरीलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय दिएकोमा सरकारले कैद माफी गरेमा १५ वर्ष कैद सजाय मिनाहा पाउने देखिन्छ ।

कमेन्ट गर्नुहोस्