२० प्रतिशत बजेट कटौती गर्दै लुम्बिनी प्रदेश

Share:

२० प्रतिशत बजेट कटौती गर्दै लुम्बिनी प्रदेश

बुटवल, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आ.ब.२०८०÷८१ को लागी चालु आ.ब.को तुलनामा करिव २० प्रतिशतले बजेटको आकार घटाउने भएको छ ।

आज देखी शुरु हुने बजेट अधिवेसन लगत्तै बजेट तयारीको लागी छलफल पश्चात नीति तथा कार्यक्रम बनेको नवनियुक्त आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताउनु भएको छ ।

खर्चको क्षमता माथी पनि केही सांसदहरुले चासो व्यक्त गरेका छन् । चालु आ.ब.मा साँढे ४२ अर्व बजेट भएको प्रदेशले हाल सम्म करिब १८ अर्ब मात्र खर्च भएको छ । बैसाख मसान्तसम्म पुँजीगत खर्च भने करिब ४० प्रतिशत भएको छ ।

 

कमेन्ट गर्नुहोस्