पूर्व मन्त्री रायमाझीलाई अदालतमा उपस्थित गराइदै

Share:

१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुरदार रहेको भनी प्रहरी बाट पक्राउ गरिएका पूर्व उपपधानमन्त्री टोपबहादुर रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा थप अनुसन्धानको निमित्त म्याद थप गर्न उपस्थित गराईने भएको छ ।
नेकपा एमालेका सचिव समेत रहेका रायमाझीलाई पार्टीले निलम्बन गरिसकेको छ भने छोरा सन्दीप रायमाझी पनि यसअघीनै पक्राउ परिसकेका छन् । रायमाझी हिजो साँझ काठमाडौंको बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले सम्म पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, नेताका परिवारजन, सहयोगी लगायत १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्