
काठमाडौं–३१ बैशाख । भन्सार विभागले मन्त्रिपरिषद् बाट निर्णित विदेश बाट आउदा ल्याउन पाउने मोबाईल फोन सम्बन्धमा थप ब्याख्या गरेको छ जस अनुसार अब श्रम स्वीकृती लिएर रोजगारीमा गएका नेपालीहरुले आफु फर्किदा थप एक मोबाईल मात्र भन्सार छुटमा ल्याउन पाईने भएको छ । पर्यटकको रुपमा विदेशिएकाहरुको सम्बन्धमा भने नियमानुसारको शुल्क लाग्ने भएको छ ।
उप्रान्त ६ महिना वा सो भन्दा बढी समय विदेशमा रोजगारीमा रहेका व्यक्तिले आप्mनो साथमा अब आफुले प्रयोग गरेको वा गर्ने मोबाइल बाहेक थप एक मोवाईलको भन्सार महशुल छुट रहने छ । यसअघी आफुले प्रयोग गरेको एक थान मोबाईल मात्र भन्सार छुट रहने व्यवस्था थियो ।
सोही प्रसङ्गमा नेपाल दुरसञ्चार प्राधिकरणले लागु गरेको मोबाईल डिभाईस म्यानेजमेन्ट सिस्टम (एडीएमएस) लागु गरेको परिप्रेक्षमा दर्ता नगरेको मोबाईल जम्मा १५ दिन मात्र चल्ने भएकोले भन्सारमा नै छुट महशुलको प्रज्ञापनपत्र नलिए एडीएमएस मा दर्ता गर्न समस्या भई मोबाईल नचल्ने सम्भावना समेत रहने भएकोले सम्बन्धित नाका भन्सारमा नै घोषणा गर्न भन्सार विभागले सुझाएको छ ।







