सुनको मूल्य तोलामा एकै दिन २ हजार ९ सयले बढ्यो

Share:

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ९ सयले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ ।

कमेन्ट गर्नुहोस्