
आईपीओ निष्काशनको अनुमति माग्दै सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न आज चैत ३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको हो ।
कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कमेन्ट गर्नुहोस्








