
बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दे अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल बैंकर्स संघ, डेबलपमेन्ट बैंकर्स डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्तिरसमूहले बैंकका कर्मचारीप्रति गरेको अभद्र व्यवहारको निन्दा गरेका हुन् ।
यस्तै जारी विज्ञप्तीमा अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरिएको छ । अप्रिय घटना नरोकिएमा बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको भन्दै उनीहरुले काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित रहेको बताउँदै यस प्रकारका क्रियाकलापहरु आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन विज्ञप्तिमा भनिएको छ।









