यी हुन् सेयर मूल्यमा नकारात्मक सर्किट लागेका ३७ कम्पनी

171
0
Share:

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा भारी गिरावट देखिएको छ । यस दिन ३७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

जसमा सबैजसो लघुवित्त छन् । लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्याको दबाब सेयर बजारमा परेको छ । लघुवित्तले विपन्न तथा गरीब नागरीकलाई फन्दामा पारेको भन्दै देशव्यापी प्रदर्शन भएसँगै सो क्षेत्र समस्याउन्मुख भएको हो ।

तर यसको प्रत्यक्ष मारमा भने लघुवित्त समूहमा लगानी गर्ने सेयर लगानीकर्तामा देखिएको छ । बुधबार मात्र नियामक निकाय नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरुलाई कर्जा, लाभांश वितरणलगायतमा कडाइ गर्यो । राष्ट्र बैंकले लघुवित्तहरुका लागि ८ बुँदे निर्देशन जारी गर्यो। त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ ।

सेयर बजारमा नाम कहलिएका महिला लघुवित्त, जीवन विकास लघुवित्त, नेष्डो समृद्ध लघुवित्तदेखि सबैजसो लघुवित्त सेयर मूल्यमा नै नकारात्मक सर्किट लागेको छ ।

यी हुन् सेयर मूल्यमा नकारात्मक सर्किट लागेका ३७ कम्पनी

कमेन्ट गर्नुहोस्