घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

150
0
Share:

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै  छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्