लोकदोहोरी प्रतिष्ठानको विवाद चरम उत्कर्षमा,संस्थाबाट बाहिरिए विष्णु खत्री

254
0
Share:

काठमाडौं । लोक गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका हुन् । उनले सञ्जालमार्फत आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् ।

‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु। ’ ‘कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्रीको रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।’उनले संजालमा लेखेका छन्,। आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको भनाई छ ।

उनले भनेका छन्, ‘संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै उनले यसमा समाहित हुन आग्रह समेत गरेका छन् । ‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपील गर्दै स्वागत गर्न चाहन्छौं। ’

आसन्न महाधिवेशनमा खत्रीलाई अध्यक्षको आकांक्षीको रुपमा हेरिएको भएपनि रमेश बीजीले आफ्नो समर्थन रीता थापा मगरलाई भएको बताएका थिए।

कमेन्ट गर्नुहोस्