
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको बताएका छन् ।
आइतबार विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले शाह अलमलमा रहेको र २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको टिप्पणी गरेका हुन् ।
मुलुकको अवस्था बिग्रिएको भन्दै ज्ञानेन्द्र शाहले ‘टुलुटुलु हेरर बस्दिनँ’ भनेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले पूर्वराजामाथि प्रश्न उठाए । ‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको होइन ? उहाँहरुले देश कहाँ पुर्याउनुभएको थियो ?,’ ओलीको प्रश्न छ, ‘अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ?’
कमेन्ट गर्नुहोस्








