
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्








