कर्जा वा ब्याज तिर्दिन भन्दै सडक आन्दोलन गर्नु अराजकता : गभर्नर अधिकारी

197
0
Share:

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । यसरी सडक आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको पनि अधिकारीले बताए।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको टिप्पणी गरेका हुन् ।

गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको बताएका छन् ।उनले संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर बैंकबाट लिएको कर्जा वा ब्याज नतिर्ने भन्दै नतिर्ने भन्दै संगठित रुपमा दबाब दिन नमिल्ने उनको धारणा छ ।

म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक र सतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ । ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ?’ अधिकारीले भने।

पछिल्लो समय उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध खनिएका छन् । आफूहरुमाथि बैंकवित्तले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलनमा समेत उत्रिए । शुक्रबार पनि नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत अन्य ९ व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्