नेप्सेमा हिमालयन बैंक र राधी विद्युतको बोसन सेयर सूचीकृत

173
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन बैंक र राधी विद्युत कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

हिमालयन बैंकको ८ प्रतिशत दरका कुल एक करोड ३ लाख ७४ हजार ९८० कित्ता र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत दरका कुल ७ लाख ५९ हजार ९९० कित्ता गरी कुल एक करोड ११ लाख ३४ हजार ९७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

कमेन्ट गर्नुहोस्