
डिशहोमको नयाँ कनेक्सन अव २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ ।
डिशहोमका डिलरहरु मार्फत अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा व्क्ली लकि ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख नगद उपहार यस अफर मार्फत जित्नु हुनेछ । यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा १ हजार भन्दा कमको रिचार्जमा ५ प्रतिशत, १ हजारको रिचार्जमा १० प्रतिशत वोनस २ हजारको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।
नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ ।








