नुवाकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु

165
0
Share:

नुवाकोटको विदुर नगरपालिका-१२ चैतपुरमा बस दुर्घटना भएको छ । बट्टारबाट चैनपुर जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जनाएको छ । उक्त बसमा २५ जना यात्रु सवार रहेका थिए। घटनाको अन्य विवरण भने आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्