एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ७५ हजार कित्ता सेयर बिक्री गर्दै सीआईटी, मूल्य कति ?

163
0
Share:

नागरिक लगानी कोष (सीआईटी)ले ७५ हजार कित्ता संस्थापक सेयर आज (फागुन २ गते)बाट बिक्रीमा ल्याएको छ । कोषले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको उक्त सेयर फागुन १० गतेसम्मका लागि बिक्रीमा ल्याएको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो सेयर खरिदका लागि प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्। बोललपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

सेयर खरिदका लागि लगानीकर्ताले काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको काठमाण्डौको थापाथलीस्थित कर्पोरेट कार्यालय, शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)बाट बोलपत्र पेस गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्