
साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२.४५ अंकले बढेर २१८२.६३ बिन्दुमा पुगेको छ ।
आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.४२ अंकले बढेर ४१५.४२ बिन्दुमा पुगेको छ ।
आज २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच भयो । आज दुई अर्ब ६ करोड २० लाख ५८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल १३ उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी १ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ५८ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
कमेन्ट गर्नुहोस्








