=?UTF-8?Q??=

177
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ २९ पैसा र बिक्री दर ९२ रुपैयाँ ७२ पैसा छ ।

कमेन्ट गर्नुहोस्