ऋणको बोझ र बचतकर्ताको रकम फिर्ता गर्न दबाबपछि सहकारीका सञ्चालकले गरे आत्महत्या

218
0
Share:

व्यवसायी प्रेम आचार्यको आत्मदाहको घटना सेलाउन नपाउँदै एकपछि अर्को घटना सार्वजनिक हुन थालेको छ । कास्की पोखरा महानगरपालिका–९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार झुन्डिएर आत्महत्या गरेका हुन् ।

ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेका खातीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनीमाथि सहकारीका बचतकर्ताको रमक फिर्ता गर्न दबाब थियो । ऋणको बोझ र बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाबका कारण खातीले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

आइतबार उनी आबद्ध सहकारी सञ्चालक समितिको बैठक बसेको थियो । बैठक सकिएर घर फर्किएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्