सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

214
0
Share:

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर (आइपीओ)निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम  कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा  जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियूक्ती अनूमोदन गरेको छ ।

सभाले प्रिमियम मुल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ । सभाले कम्पनीको सन्चलाकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज.व. राणाको नियुक्ती अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियूक्ति अनुमोदन गरेको छ ।

कमेन्ट गर्नुहोस्