सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

197
0
Share:

साविकको सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्