पोखरामा एक महिला र पुरुषको जल्दै गरेको अवस्थामा उद्धार

195
0
Share:

पोखरामा एक महिला र एक पुरुषको जल्दै गरेको अबस्थामा उद्धार गरिएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका हुन् ।

उनीहरुले शरिरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुमान छ । जल्दै गरेको अबस्थामा उद्धार गरिएका दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । घटनाको बिषयमा बिस्तृत बिबरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्