गृह मन्त्रालय हाक्न सचिव र सुरक्षा सल्लाहकारको खोजी

240
0
Share:

उपप्रधान र गृह मन्त्रालयको नेतृत्व सहित रवि लामिछाने सिंहदरबार प्रबेश गरेका छन् । उनको प्रबेशसँगै रवि लामिछानेको कोर टिम को त ? सुरक्षा निकायमा चर्चा चुलिएको छ ।

गृह मन्त्रालयमा सुरक्षा सल्लाहकारको खोजी भइरहेको बेला राज्य मन्त्री सरहको सुबिधा सहित सुरक्षा सल्लाहकार र वर्तमान सचिव विनोदप्रकाश सिंहलाई पन्छाएर नयाँ सचिव भित्राउनका लागि आन्तरिक छलफल चलेको छ ।

गृह सचिवका लागि एकनारायण अर्याल, गोकर्णमणी दवाडी, नारायण प्रसाद शर्मा दवाडी, मधुसुदन बुर्लाकोटी, यादव कोइराला, सूर्य गौतम लगायत दश भाई रौसिएर मन्त्रालय हाक्नका लागि कस्सिएर शक्ति केन्द्र धाएको समाचार स्रोतले बताएको छ ।

त्यसैगरि सुरक्षा सल्लाहकारका लागि नेपाल प्रहरीका अबकास प्राप्त पुर्व एआईजी र डिआईजीहरु बिच चर्चा थप चुलिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सामेल छन् ।

प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ ।

सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगे । उनीसँग गृह मन्त्रालयको राम्रो अनुभब नभएकाले पनि सल्लाहकार इमान्दार ,सक्षम र निर्देशन दिन सक्ने ब्यक्तिको खोजीमा लामिछाने निकट सचिवालय लागि परेको छ ।

गृहको सुरक्षा सल्लाहकार बन्न प्रहरीका पूर्व एआईजी र डिआईजीहरुको समूह लागि परिरहेको स्रोतले जनाएको छ ।

यो दौडमा पार्टीलाई लेबी बुझाउनेहरु भन्दा कार्यक्षमता सहित उकृष्ट मुल्याङ्कन भएको ब्यक्तीलाई जिम्मेबारी दिइने भएकाले पुर्व एआईजी बिश्वराज पोख्रेल, राजेन्द्र सिंह भण्डारी, प्रधुम्न कार्की, पुष्कर कार्की, बिज्ञानराज शर्मा त्यसैगरि पुर्व डिआईजीबाट रमेश खरेल, डिआईजी हेमन्त मल्ल, डिआईजी छविलाल जोशी लगायतका पुर्व हाकिमहरु दौडमा रहेका छन् । आजको अभियान टाइम्स साप्ताहिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्