
आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपाल स्कटल्याण्डसँग पाराजित भएको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आइतबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डको जितमा क्रिटोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन बनाए । ब्रेन्डन म्याकमुलनले अविजित ३ तथा मिचेल लिक्सले २२ रन बनाए । जर्ज मुन्सी १७ रनमा आउट भए ।
नेपालका लागि सागर ढकाल, ललित नारायण राजवंशी र गुल्सन झाले समान २÷२ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रनको ईनिङ खेल्दा ज्ञानेन्द्र मल्लले २५ रनको इनिङ खेले । अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रनमा आउट भए ।
यस्तै आरिफ शेखले १० रन जोड्दा नेपालका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।स्कटल्याण्डका क्रिस सोलले ३ तथा मार्क वाटले २,मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,सफियान सरिफले समान १÷१ विकेट लिए । सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा बुधबार नामिबियाको सामना गर्नेछ ।








