सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

164
0
Share:

सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आईतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते बुकक्लोज गर्न लागेकाे  छ ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ ।

गत साताको अन्तिम कारोबार दिन बैंकको सेयर प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्