सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने माओवादी केन्द्रकाे निर्णय

171
0
Share:

नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज (शनिबार) बसेको माआवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय नगरेको तर अन्य विकल्पमा पनि खुला रहने बताए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधिसभामा सीट आउन नसकेको समीक्षा भएको उनले बताए ।

बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए । यद्यपि बैठकमा चुनावको प्रारम्भिक समीक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेन्डाबारे छलफल नभएको उनले बताए ।

कमेन्ट गर्नुहोस्