आईसीसी विश्वकप लिग टु : नामिबियाविरुद्ध नेपाल ब्याटिङमा

179
0
Share:

टिङ गर्ने भएको छ । घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया दुई एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।

सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जित सहित सिरिजको सुरुआत गर्न चाहन्छ । आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेईङ–११

आसिफ शेख (विकेटकिपर), अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, सोमपाल कामी, गुल्सन झा र ललित राजवंशी

कमेन्ट गर्नुहोस्