‘द भ्वाइस अफ नेपाल सिजन-४’ : मनपर्ने ‘कन्टेस्टेन्ट’लाई यसरी गर्नुहोस् खल्तीबाट नि:शुल्क भोट

193
0
Share:

नेपालमा अत्यधिक रुचाइएको गायन रियालिटी शो हो ‘द भ्वाइस अफ नेपाल’ । अहिले द भ्वाइस अफ नेपालको चौथो संस्करण चलिरहेको छ ।

डिजिटल अडिसन, ब्लाइण्ड अडिसन, ब्याटल, नकाउट राउण्ड हुँदै लाइभ राउण्ड पुगिसकेको छ ।

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका लागि जेठ १ गतेसम्म डिजिटल अडिसन खुला गरिएको थियो । त्यसपछि प्रतिस्पर्धी छनोट गरी भदौ २४ गतेबाट ब्लाइड अडिसन प्रसारण गरेको यस ‘शो’ले विभिन्न चरण पार गर्दै गत शुक्रबारबाट लाइभ राउण्डमा प्रवेश गरेको हो ।

लाइभ राउण्डमा ४ जना कोचको टिममा ३-३ जना प्रतिस्पर्धी गरी १२ प्रवेश गरेका छन् ।

यसअघिका राउण्डहरुमा प्रतिस्पर्धीको कोच निर्णायक बने पनि लाइभ राउण्ड प्रवेश गरेसँगै दर्शक निर्णायक बन्नेछन्  । अर्थात् आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई दर्शकले भोट गरेर अगाडि बढाउनुपर्ने छ । जसले धेरै भोट ल्यायो उही अघि बढ्नेछ ।

कसरी गर्ने भोट ?

आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई कसरी भोट गर्ने त ? यो विषयमा धेरैलाई जानकारी नहुन सक्छ । लाइभ राउण्ड यस्तो राउण्ड हो जहाँ तपाईंलाई मनपर्ने प्रतिस्पर्धीलाई अघि बढाउने कि नबढाउने भन्ने कुरा तपाईंकै हातमा हुन्छ ।

त्यसैले पनि आफूलाई मन पर्ने ‘कन्टेस्टेन्ट’लाई भोट गर्नेपर्ने हुन्छ ।

तर भोट कसरी गर्ने ? धेरैजसोको मनमा उब्जने प्रश्न नै यही हो । तपाईले द भ्वाइस अफ नेपालका आफूलाई मन पर्ने ‘कन्टेस्टेन्ट’लाई अघि बढाउन सर्वप्रथम ‘खल्ती एप’ डाउनलोड गर्नुपर्ने हुन्छ । खल्ती एपमार्फत ४ वटा फ्री भोट समेत प्राप्त गर्न सकिन्छ ।

-गुगल प्ले स्टोरमा गइ खल्ती एप डाउनलोड गर्ने ।

– खल्ती एप लगिन (Log in) गर्ने ।

– त्यसपछि भोटिङ (voting) अप्सनमा जाने ।

-द भ्वाइस अफ नेपाल सिजन-४ मा क्लिक गर्ने ।

-चार जना कोचमध्ये एउटा कोच छनोट गर्ने ।

-त्यसपश्चात आफूलाई मनपर्ने ‘कन्टेस्टेन्ट’लाई छनोट गर्ने

भोट गर्दा Voting अवधिसम्म हरेक दिन एउटा खल्तीबाट १ भोट फ्री गर्न सकिन्छ ।  यदि तपाईले खल्तीमा केवाइसि अपडेट गर्नुभएको छ भने थप अर्को एक भोट फ्री गर्न पाउनुहुन्छ । खल्ती एकाउन्टमा बैंक एकाउन्ट लिंक गर्ने ग्राहकले थप २ भोट फ्री गर्न पाउँछन् ।

यसरी तपाईले प्रत्येक दिन ४ वटा भोट फ्री अर्थात् कुनै शुल्क नतिरी आफूलाई मनपर्ने ‘कन्टेस्टेन्ट’लाई गर्न पाउनुहुन्छ ।

योभन्दा बढी भोट गर्न इच्छा लाग्यो भने तपाईले १० देखि एक हजार भोटसम्म खरिद गर्न सक्नुहुन्छ । एक हजार भन्दा धेरै भोट खरिद गर्नें हो भने पनि इन्टर भोट म्यानुअल्ली मा क्लिक गरे थप भोट खरिद गर्न सक्नुहुन्छ ।

तपाईले प्रत्येक कोचका आफूलाई मनपर्ने एक/एक प्रतिस्पर्धीलाई समेत भोट गर्न सक्नुहुन्छ । जसअनुसार तपाईले एक दिनमा १६ वटासम्म निशुल्क भोट प्राप्त गरी आफूलाई मनपर्ने ‘कन्टेस्टेन्ट’लाई अगाडि बढाउन सक्नुहुन्छ ।

विदेशमा हुनेले कसरी भोट गर्ने ?

विदेशमा हुनेहरुले भने खल्ती एप डाउनलोड नगरी खल्तीको वेवसाइटमार्फत भोट गर्न सक्नेछन । विदेश हुनेहरुले भने खल्तीको आधिकारीक वेवसाइट www.khalti.com मार्फत vote know अप्सनमा गएर आफूलाई मनपर्ने  ‘कन्टेस्टेन्ट’लाई भोट गर्न सकिने खल्तीका सह-संस्थापक अमित अग्रवाल बताउँछन् । विदेशमा हुनेहरुले भने भोट खरिद गर्नुपर्ने हुन्छ ।

तपाईले १० भोटको ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ भने २५ भोटको १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, ५० भोटको १७५ रुपैयाँ , ७५ भोटको २५५ रुपैयाँ, १०० भोटको ३२० रुपैयाँ, ५०० भोटको १ हजार ५५० रुपैयाँ र १००० भोटको ३ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

योभन्दा बढी भोट गर्नुहुन्छ भने पनि तपाईले खरिद गर्न सक्नुहुन्छ ।

फ्री भोट भने खल्ती एप डाउनलोड गर्ने नेपालभित्र रहेका प्रयोगकर्ताले मात्र पाउने कम्पनीले जनाएको छ ।

खल्ती द भ्वाइस अफ नेपालको भोटिङ पार्टनर हो ।

कमेन्ट गर्नुहोस्