सिभिल बैंकले थालनी गर्‍यो डिजिटल सुदुरपश्चिम अभियान

139
0
Share:

सिभिल बैंकले डिजिटल सुदुरपश्चिम अभियान सुरु गरेको छ । बैंकले सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा
छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदुरपश्चिम अभियान थालनी गरेको हो ।

बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर यो अभियान घोषणा गरेको थियो । सोही बमोजिम मंसिर १५ बाट को सो अभियान थालनी गरेको हो ।

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरिएको थियो ।

सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुमासम्म गरी ४० हजार भन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्