विश्वकप : समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम बाहिरियो

211
0
Share:

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् । मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने साविक उपविजेता क्रोएसिया कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारमा जारी विश्वकपअन्तर्गत बिहीबार राति भएको समूह चरणको तेस्रो खेलमा क्यानडालाई २-१ गोलले हराउँदै मोरोक्को अन्तिम १६ मा प्रवेश गरेको हो । यससँगै उसले सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो ।

अल थुमाना स्टेडियमा मोरोक्कोलाई जिताउन हाकिम जियच र एन नेसरीले एक-एक गोल गरे। मोरोक्कोका अगुर्डले गरेको आत्मघाती गोल क्यानडाका लागि सान्त्वना गोल बन्यो । मोरोक्कोले यसअघिका दुईमध्ये एक खेलमा जित निकालेको थियो भने अर्को एक खेलमा बराबरी खेलेको थियो ।

यो जितसँगै मोरोक्को समूह एफ को विजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको हो । उसले तीन खेलमा सात अंक जोडेको छ ।

बिहीबार राति नै भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेक्दै क्रोएसिया अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अहमद अली बिन अली स्टेडियममा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेन। प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म दुवै टोली गोल गर्न तँछाडमछाड गरे पनि दुवैले सकेनन् ।

यश बराबरीसँगै क्रोएसिया समूह एफ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो । उसले तीन खेलमा ५ अंक जोड्यो ।

यस समूहको विजेताका रूपमा मोरोक्को अन्तिम १६ मा प्रवेश गर्‍यो । उसले आजै भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई २-१ गोलले हरायो ।

कमेन्ट गर्नुहोस्