आईसीएफसी फाइनान्सद्वारा लाभांश घोषणा, बोनस कति ?

151
0
Share:

आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो मंसिर १४ गते बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजीको कुल १० प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्