ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

143
0
Share:

सुनको मूल्य  (बिहीबार) पनि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला  ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको  मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्