नबिल बैंकको एक करोड ७७ लाख कित्ता सेयर बिक्रीमा

146
0
Share:

नबिल बैंक लिमिटेडले एक करोड ७७ लाख  कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले बंगलादेशको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स बैंकको नाममा रहेको संस्थापक समूहको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका लागि आवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा गोप्य खामबन्दी पेस गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्