
काठमाडौंबाट बैंकक उडेको नेपाल बायुसेवाको निगम बंगलादेशमा आकस्मिक अवतरण गरेको छ । जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत देखिएपछि निगमको न्यरोबडी जहाज बुधबार साँझ बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरका अनुसार निगमको आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत बत्ती ककपिटमा देखिएपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बंगलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका हुन् ।
उक्त विमानमा सवार १ सय ५२ यात्रुलाई त्यहाँको टर्मिनलमा राखिएको छ । जहाज बन्ने नबने केही टुंगो लागि नसकेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्








