भारतले खुलायो कनिका र गैरबासमती चामलको निकासी

181
0
Share:

भारतले कनिका र गैरबासमती चामल निकासी खुलाएको छ । आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै भदौ तेस्रो सातादेखि लगाएको प्रतिबन्ध भारत सरकारले फकुवा गरेको हो ।

भारतले गैरबासमती चामलको निकासी नियन्त्रणका लागि २० प्रतिशत कर लगाएको थियो । त्यतिबेला भारतमा खुद्रा मूल्य समेत बढ्दै गएपछि निकासीमा प्रतिबन्ध लगाई मूल्य घटाउने लक्ष्य सरकारले लिएको थियो ।

मंगलबार मात्रै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै कनिका र गैरबासमती चामलको निकासी प्रतिबन्धअघिको नियमअनुसार हुने स्पष्ट पारेको हो । यो निर्णले नेपाललाई भारतबाट कनिका आयातमा सहजता हुनुका साथै भारतले लगाएको अतिरिक्त कर हटेको छ । आयात हुने चामल केही सस्तो पर्न जानेछ ।

नयाँ चामल उत्पादन हुन थालेसँगै निर्यातलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिबन्ध फुकुवा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्