हिमालयन पावर पार्टनर घाटामा, ईपीएस पनि ऋणात्मक

218
0
Share:

हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म कम्पनीले १ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको छ।

पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ। सञ्चालन मुनाफा पनि १ करोड २४ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.७८ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो १६८.६८ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.२२ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्