एनसीसी बैंकको सेयर कारोबार फुकुवा

141
0
Share:

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको एनसीसी बैंकको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले फुकुवा गरेसँगै अब भोलि मंगलबारबाट एनसीसी बैंकको सेयर कारोबारमा आउने भएको छ।

एनसीसी र कुमारी बैंकबीच मर्जरमा प्रारम्भिक सम्झौतापछि नेप्सेले एनसीसी बैंकको सेयर कारोबार गत असोज ११ गतेदेखि रोक्का भएको थियो। त्यस्तै प्रिमियर इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले गत असार २८ गतेबाट सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेका थियो।

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्जरसम्बन्धी निर्देशका लागू गर्दै अब मर्जर प्रयोजनका लागि अब एकीकृत कारोबार सुरु भएपछि मात्रै बढीमा १५ दिन सेयर कारोबार रोक्का राख्न पाउने व्यवस्था गरेको छ।

निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर सम्बन्धित निकायको सिफारिसमा नेप्सेले तत्काल खोल्नुपर्ने व्यवस्था गर्न पनि निर्देशिकामा गरिएको छ।

सोही निर्देशिकाबमोजिम नेप्सेको आजको निर्णयले एनसीसी बैंकका आधारभूत सेयरधनीबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो।

कमेन्ट गर्नुहोस्