
साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ ।
आइतबार नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको भएको थियो ।
आज नेप्सेमा सूचीकृत २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता शेयर किनबेच भयो । यस कारोबार रकम पनि १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीहरुमध्ये ३६ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.१० रुपैयाँ पुगेको छ ।








