आरबीबी म्यचुअल फण्ड-१ को न्याभ बढ्यो, नाफा कति ?

158
0
Share:

आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरबीबी म्युचुअल फण्ड-१ ले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्म फण्डको न्याभ ८ रुपैयाँ ९० पैसा रहेकोमा कात्तिक मसान्तसम्ममा ९ रुपैयाँ ०२ पैसा पुगेको छ । त्यसैगरी फण्डको सूचीकृत सेयरमा लगानी पनि बढेको छ ।

कात्तिक मसान्तसम्म फण्डले ४५ करोड ११ लाख रुपैयाँ पुगेको सूचीकृत धितोपत्रमा लगानी गरेको छ । असोज मसान्तसम्ममा सूचीकृत धितोपत्रमा ४३ करोड ७४ लाख रुपैयाँ लगानी रहेको थियो ।

विवरणअनुसार कम्पनीले कात्तिक मसान्तमा रुपैयाँ ६३ लाख १९ हजार नाफा कमाएको छ । फण्ड असोज मसान्तसम्ममा ८७ लाख ९० हजार रुपैयाँ नोक्सानीमा थियो । कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी १ करोड ३१ लाख रुपैयाँ धनात्मक हुँदा नाफा भएको छ । त्यसैगरी फण्डको न्याभ पनि बढेको छ ।

फण्डले मुद्दति निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ राखेको छ । बैंक मौज्दात भने ३८ करोड ५४ लाख रुपैयाँबाट घटेर ३८ करोड ४ लाख रुपैयाँमा झरेको छ ।

कमेन्ट गर्नुहोस्