नारायणी डेभलपमेन्ट बैंकको ६० हजार कित्ता संस्थापक सेयर लिलामीमा

166
0
Share:

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६० हजार कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित कित्ता शेयर लिलामीमा ल्याएको हो । यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले खरीदको लागि आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कमेन्ट गर्नुहोस्