दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

194
0
Share:

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका–५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढथोकीका अनुसार ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको हो ।

उनका अनुसार बसमा ३५ यात्रु सवार थिए । जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्