निफ्राको साधारणसभा शनिबार हुँदै, के-के छन् एजेन्डा ?

247
0
Share:

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चौथो वार्षिक साधारणसभा भोलि (शनिबार) हुँदैछ । बैंकको सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

सभाले ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर १ गते बुक क्लोज गरिसकेको छ । त्यसैले कात्तिक ३० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कमेन्ट गर्नुहोस्