
साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो ।
कमेन्ट गर्नुहोस्








