माउन्टेन इनर्जीले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

199
0
Share:

माउन्टेन इनर्जी नेपालले आफ्नो ९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो पुस ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित प्रतिसेयर १०.५२६३ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

सोही सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्